रङ्गकर्ममा ढाँट्यो भने मेरो पारो तात्छ

रातोपाटी

काठमाडाैँ

वीरेन्द्र हमाल पुराना नाट्यकर्मी हुन् । करिब ४ दशकदेखि रङ्गमञ्चका विभिन्न विधामा क्रियाशील उनका थुप्रै चेलाचेली फिल्म क्षेत्रका स्टार भएका छन् ।

उनी भने आफूलाई रङ्गमञ्चमा सीमित राखेर छायाँमा बस्न रुचाउँछन् । रङ्गमञ्चको नाटक लेखन, अभिनय, निर्देशकदेखि सेट डिजाइनरसम्म धेरै विधामा पोख्न उनले करिब डेढ दर्जन लामो सिरियल, ७, ८ वटा फिल्म पनि गरेका छन् ।

नेपाली रङ्गमञ्चको विकासमा योगदान दिन कसम खाएर फिल्म अभिनय छोडेका उनले नेपाली मात्र होइन, बलिउडका समेत थुप्रै फिल्मका अफर अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: : 2022-06-18 11:16:00

प्रतिकृया दिनुहोस्