पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ

File photo
File photo

अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन्। एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन्।

‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ। फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ। तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भने।

पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाए। ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु, उहाँले जिम गर्नुपर्छ’ उनले भने।

अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए। उनले अहिले फिटनेस सेन्टरमा तीन सय जना नियमित रूपमा जिम गर्न आउने गरेको बताए।

कुमारले देशभर नै एस आई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै महाराजगञ्जमा शाखा खोल्न लागेकोसमेत बताए। 

प्रकाशित मिति: : 2022-06-22 15:03:00

प्रतिकृया दिनुहोस्