आठविसकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, शिल्ड चौरजहारीकाे पोल्टामा

रुकुम पश्चिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ। चौरजहारीले १० स्वर्ण ५ रजक र २ कास्य प्राप्त गरी  प्रथम भएको छ।

त्यस्तै आठविसकोट नगरपालिकाले ९ स्वर्ण ७ रजक र ७ कास्य प्राप्त गरी दोस्रो भएको छ र बाँफिकोट गाउँपालिकाले ३ स्वर्ण ६ रजत र १० कास्य प्राप्त गरी तृतीय भएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष शैलेस शर्माले जानकारी दिए।

स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको हो। शिल्ड जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको बाल कल्याण माध्यामिक विद्यालय राडीमा सञ्चालन गरीएको हो।

शिल्डमा भलिबल छात्र, छात्रा, एथ्लेटिक्स अन्तरगत ट्रयाक तर्फ छात्र छात्रा १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड हुने छ। 

त्यस्तै फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, छात्र ८ सय ग्राम र छात्रा ६ सय ग्राम ज्याभलिङ थ्रो, छात्र १२ पाउण्ड र छात्रा ८ पाउण्ड सटफुट खेल पनि सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

मार्सलआर्ट अन्तरगत करातेतर्फ छात्र ४२ केजी, ४७ केजी र ५२ केजी तथा छात्रा ४० केजी, ४८ केजी र ५१ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने तेक्वान्दो तर्फ छात्र ४५ केजी, ४८ केजी र ५१ केजी तथा छात्रा ४२ केजी ४४ केजी र ४६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ।

स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने गरेपनि जिल्ला स्तरीय शिल्ड भने हालसम्म सञ्चालन भएको थिएन। शिल्डमा जिल्लाका चार ओटा पालिकाकाले मात्र भाग लिएका छन्। 

आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले मात्र शिल्डमा भाग लिएका छन्। मुसीकोट नगरपालिका र त्रिबेणि गाउँपालिकाले शिल्डमा भाग लिएका थिएनन्।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले शिल्डको उद्घाटन गरेका हुन्।

त्यस्तै शिल्डमा आठविसकोट नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहको विशेष आतिथियता रहेको थियो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन आठविसको नगर खेलकुद विकास समितिका अध्यक्ष शन्देस विकले गरेका थिए।
 

प्रकाशित मिति: : 2022-06-22 20:00:00

प्रतिकृया दिनुहोस्