ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

File photo
File photo

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ। 

सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ। यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ।

ला लिगा १२ अगस्टबाट सुरु हुनेछ। कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने १९ डिसेम्बरबाट पुनः सुचारु हुनेछ।

तालिकाअनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। यस्तै, दोस्रो खेल १९ मार्चमा क्याम्प नोउमा हुनेछ।

ला लिगा फुटबलको एल क्लासिको भिडन्त विश्वमा निकै महत्वका साथ हेरिन्छ।

प्रकाशित मिति: : 2022-06-24 14:25:00

प्रतिकृया दिनुहोस्