समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट  

File photo
File photo

समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ। 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो। 

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन्।  यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आइतबार (१९ असार) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-07-01 11:04:00

प्रतिकृया दिनुहोस्