ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहममा

File photo
File photo

ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई इंग्लिस क्लब टोटनहमले अनुबन्ध गरेको छ। 

इभर्टनका २५ वर्षीय रिचार्लिसन पाँच वर्षे सम्झौतामा टोटनहम भित्रिएका हुन्। रिचार्लिसन ६० मिलियन पाउन्डमा लन्डन क्लबमा भित्रिएका हुन्। 

सन् २०१८ मा एभर्टन अनुबन्धित भएका रिचार्लिसनले त्यसयता १५२ खेलमा ५३ गोल गरेका थिए। उनले गएको सिजन प्रिमियर लिगमा एभर्टनबाट १० गोल गरेका थिए।

ब्राजिलको राष्ट्रिय टिमबाट ३६ क्याप जितेका रिचार्लिसनले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। ब्राजिलले सन् २०१९ को कोपा र २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्दा रिचार्लिसन टिमका महत्वपूर्ण सदस्य थिए।

प्रकाशित मिति: : 2022-07-01 17:17:00

प्रतिकृया दिनुहोस्