आरती भन्छिन्- कतिसँग झगडा गरूँ?

जागिर चाहिए नागरिकता खोज्छ, आफैंले फेरि दिँदैन सरकार

सेतोपाटी

रोहित महतो

तिहारको लक्ष्मी पूजाको दिन थियो, २०७७ साल कात्तिक २९ गते। बसाइ थियो डेराको, जनकपुरधाम–७ मा। त्यसदिन बिहान एक छोरीकी आमा आरती साहलाई उनका श्रीमान सञ्जीव साहले अचानक एसिड छ्यापे। एसिडको छिटाले छोरी रियाको एउटा हात र टाउकोको भाग जल्यो।

चिकित्सकका अनुसार आरतीको अनुहारको ३० प्रतिशत भाग जलेको छ। दाहिने भागमा छाला प्रत्यारोपण गरिएको छ।

माइतीको सहयोगमा धेरै उपचार त भयो तर अझै घाउ पूरा निको भएको छैन। एसिडले पोलेको छाला चर्को घाम र गर्मीमा चिरिन्छ। चिरिएको छालाबाट पानी निस्किन्छ। असैह्य दुःखाइ हुन्छ।

एसिड लागेर दाहिने आँखो गुम्यो। अनुहारको दाहिने भाग, कान, घाँटी, छाती, पेट र हातखुट्टा जलेका छन्। उपचारको निरन्तरताका लागि महिनैपिच्छे काठमाडौंको कीर्तिपुरस्थित अस्पताल पुग्नु पर्छ। यसको लागि पैसाको अभाव छ।

प्रकाशित मिति: : 2022-07-03 18:09:00

प्रतिकृया दिनुहोस्