ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। 

ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन्। 

यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ रनले पराजित गरेको थियो। 

खेलपछि नेपालले मंगलबार र बुधबार क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ। यसपछि नेपाली टिम आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ। 

प्रकाशित मिति: : 2022-07-03 20:04:00

प्रतिकृया दिनुहोस्