किन अल्मलिन्छन् शिक्षकहरू ?

रातोपाटी

वीणा झा

शैक्षिक सत्रको सुरुवातमा प्रायजसो विषयगत शिक्षकसँग उक्त विषयको पुस्तक उपलब्ध हुँदैन । केही दिनसम्म नयाँ भर्नासमेत चलिरहने हुँदा एकातर्फ विषयगत पाठहरू अगाडि बढाउने अवस्था  रहँदैन  भने अर्कोतर्फ समयमा कोर्स नसकिएला कि भन्ने पिरलो प्रत्येक शिक्षकलाई हुन्छ ।

यस्तै उहापोहमा शैक्षिक सत्रको सुरुवाती अमूल्य समयको सही सदुपयोग गर्नमा प्राय शिक्षकहरू अल्मलिएका भेटिन्छन् । विशेष गरी बहुसङ्ख्यक सामुदायिक विद्यालय, स्रोतसाधन अपुग, भौगोलिक विकट स्थानमा रहेका विद्यालयमा यो समस्या बढी भेटिन्छ ।

तर वास्तवमा पुस्तक हातमा नपर्दैमा सिकाई रोकिनुपर्ने अवस्था छ कि छैन,  यो विषय गम्भीर छ । यसमा गहन अध्ययन अनुसन्धान हुन सकेको देखिन्न । तर, उपलब्ध परिस्थितिको आधारमा हेर्ने हो भने अहिलेको वर्तमान परिप्रेक्ष्य जहाँ विभिन्न विज्ञान प्रविधिको उपलब्धताले गर्दा एउटा प्रश्न टड्कारो रूपमा तेर्सिन्छ, त्यो हो विगतका पछिल्ला दशकहरूमा झैँ विद्यालय शिक्षाको लागि विषयगत  पुस्तक एक मात्रै विकल्प हो ?

अथवा ज्ञान वितरणका अन्य माध्यमहरू पनि उपयोगी हुन सक्ने सम्भावना छ ? सरकारले विकास गरेको पाठ्यक्रमलाई आधार बनाउँदै सम्बन्धित सामग्रीको सङ्कलन विषयगत शिक्षकले गर्न सक्ने सम्भावना कत्तिको रहन्छ ? 

प्रकाशित मिति: : 2022-07-05 15:33:00

प्रतिकृया दिनुहोस्