फ्रि ट्रान्सफरमा पोग्वा युभेन्ट्स पुगे

File photo
File photo

मिडफिल्डर पाउल पोग्वा फ्रि ट्रान्सफरमा इटालीयन सिरी ए क्लब युभेन्ट्समा पुनः अनुबन्ध हुने भएका छन्। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसँगको सम्झौता सकिएसँगै २९ वर्षीय पोग्वा पुरानो क्लब फर्किएका हुन्। फ्रान्स राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका पोग्वाको यसै साताको अन्त्यमा मेडिकल हुने बताइएको छ। 

यस अघि सन् २०१६ मा पोग्वा युभेन्ट्सबाट युनाईटेड पुगेका थिए। जुनमा पोग्वा र युनाइटेड नयाँ सम्झौताका लागि सहमत भएका थिएनन्। 

यससँगै अब, युभेन्ट्सले अमेरिका भ्रमण गर्दा पोग्वामा टिममा सामेल हुने विश्वास गरिएको छ। युभेन्ट्सले २७ जुलाईमा बार्सिलोना र ३० जुलाईमा रियल मड्रिडसँग खेल्नेछ।

गत सिजन एसि मिलानले युभेन्ट्ससँग १६ अंकको अग्रता बनाउँदै सिरी ए को उपाधि जितेको थियो। युभेन्ट्स चौथो भएको थियो। यस अघि पोग्वाको महत्वपूर्ण प्रदर्शनमा युभेन्ट्सले सन् २०१२–१३ र २०१५–१६ को सिरी ए उपाधि जितेको थियो। 

प्रकाशित मिति: : 2022-07-06 17:05:00

प्रतिकृया दिनुहोस्