थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात

मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ। 

बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन। एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे। 

सजोकले ३२औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे। युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसन र थिरासक खम्राङसीले एक एक गोल गरे। 

यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसी र थोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

यसअघि मलेसियामा एनआरटीले टिवाईटी कपमा दुई खेल खेलको थियो। दुबै खेलमा पराजित एनआरटीले १० गोल व्यहोर्दा १ गोल फर्काएको थियो। 

प्रकाशित मिति: : 2022-07-07 17:38:00

प्रतिकृया दिनुहोस्