वाह! कस्तो राम्रो सोच

सेतोपाटी

कविता कार्की

स्थानीय तहको निर्वाचन सकिएको केही महिना भयो। तपाईंहरूले पनि आफ्ना लागि जनप्रतिनिधिहरू चुन्नु भयो होला। जनप्रतिनिधि भन्नेबित्तिकै तपाईंहरूको दिमागमा को अथवा के आउँछ? उहाँको दैनिकी कस्तो हुन्छ होला?

म यहाँ दैलेख जिल्लाको एउटा स्थानीय सरकारको वडा तहकी महिला जनप्रतिनिधिसँग बिताएको एक दिनको बारेमा चर्चा गर्दैछु।

म केही समयदेखि यहाँको जनप्रतिनिधिहरूलाई सघाउने कामको जिम्मेवारी बहन गर्दै आएकी छु। सोही क्रममा एक महिला सदस्य देवकी थापा (नाम परिवर्तन) सँग उहाँको बारे सुन्न/बुझ्न उहाँकै घर जाने निर्णय गरेँ।

धेरै पटक वडाको कार्यक्रममा भेटघाटपछि राम्रो सम्बन्ध कायम भएकोले उहाँले घर आउन बारम्बार निमन्त्रणा पनि दिइसक्नु भएको थियो। म र दुई सहकर्मीसहित सहकारीको बैठक स्थलतिर लाग्यौँ किनकि उहाँ त्यसमा उपस्थित हुनु पर्ने भएकोले हामीलाई उतै आउन सुझाउनु भएको थियो।

प्रकाशित मिति: : 2022-07-09 12:51:00

प्रतिकृया दिनुहोस्