निर्यातमा बढ्दाे उत्साह, आगामी वर्ष २ खर्बको सिमेन्ट र विद्युत भारतीय बजारमा

शिलापत्र

भागवत भट्टराई

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ४ अर्ब रुपैयाँको विद्युत निर्यात गर्दैछ । जेठ महिनासम्म साढे २ अर्ब रुपैयाँको बिजुली निर्यात भएको तथ्यांक छ । शुक्रबारबाट मात्रै नेपालले सिमेन्टको निर्यात पनि ब्रेक गरेको छ । शुक्रबार एकै दिनमा १२ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको छ ।

व्यापार सन्तुलनमा देखिएको समस्या, बढ्दो शोधनान्तर घाटा, विदेशी विनिमयको घट्दो सञ्चिति, विदेशी वस्तु तथा सेवाको आयात धान्नको लागि कतिपय वस्तुको आयात नै रोक्नु परेको अवस्थामा बिजुली र सिमेन्टको निर्यात सुरु हुनुले समग्र आर्थिक चक्रमानै फरक पार्ने देखिएको छ । सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाको दाबीलाई मान्ने हाे भने सरकारले घोषणा गरेको नगद अनुदान कार्यान्वयन हुने र अन्य अवरोध नभएमा आगामी आर्थिक वर्षमा अर्थात आर्थिक वर्ष २०७९/८० मा नेपालले डेढ खर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्ने छ । 

अपेक्षित बिजुली र यस्तै बजार पाएको अवस्थामा नेपाल विद्युत प्राधिकरणले आगामी आर्थिक वर्षमा २० अर्ब रुपैयाँको बिजुली भारतीय बजारमा बेच्ने छ । 

प्रकाशित मिति: : 2022-07-11 14:25:00

प्रतिकृया दिनुहोस्