थाइल्याण्डले धनाढ्य विदेशीहरूलाई लोभ्याउन जग्गाको स्वामित्व प्रस्ताव गर्ने

photo: Agency
photo: Agency

विदेशी धनाढ्यहरूलाई लोभ्याउने र आकार्षित गर्ने थाइल्याण्डले जग्गाको स्वामित्व प्रस्ताव गर्ने भएको छ।

एक सरकारी अधिकारीकाअनुसार थाइल्याण्डले विदेशीहरूलाई आवासीय प्रयोगको लागि पूर्णरूपमा जग्गाको स्वामित्व लिन अनुमति दिने बताएका छ। विदेशबाट लाखौं नयाँ ठुला खर्च गर्ने बासिन्दाहरूलाई आकर्षित गर्दै अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यले उक्त प्रस्ताव अघि सारिएको बताइएको छ।

दशकौंदेखि लगानी, सेवानिवृत्ति र साना व्यवसायहरू सुरु गर्नलाई थाइल्याण्ड एक लोकप्रिय विदेशी गन्तव्य मानिएको छ। तर, विदेशीलाई भूमि स्वामित्व भने प्रतिबन्ध लगाइएको थियो।

मन्त्रिपरिषद्को स्वीकृतिको अधिनमा, विदेशी नागरिकहरूलाई सेप्टेम्बरदेखि ०.१६ हेक्टर (३.१५ रोपनी) सम्मको जग्गा स्वामित्वको लागि अनुमति दिइनेछ। उनीहरूले तीन वर्षमा थाई सम्पत्ति, धितो वा कोषमा ४ करोड भाट (करिब १४ करोड) लगानी गर्न सकिने सरकारी प्रवक्ता थानाकोर्न वांगबूनकोंगचानाले बताए।

थाई सरकारले थप दक्ष कामदार र अवकाश प्राप्त व्यक्तिहरूलाई आकर्षित गर्न इच्छुक रहेको र प्रस्तावमा केही कर सुविधा र १० वर्षको भिसा पनि समावेश हुनेछ।

पाँच वर्षपछि समीक्षा गरिने यो योजनाले अर्थतन्त्रमा १ ट्रिलियन भाट (२७.२५ अर्ब अमेरिकी डलर) थप्ने र ८०० अर्ब भाटले लगानी बढाउने लक्ष्य राखेको थानाकोर्नले बताए।

सरकारले यो वर्ष अर्थतन्त्र ३.५ प्रतिशतले वृद्धि हुने र २०२३ मा पूर्व-महामारीको अवस्था पुग्ने अपेक्षा गरेको छ। यसवर्ष अन्तर्राष्ट्रिय पर्यटन आगमन ९३ लाख पुग्ने थाइलेण्ड सरकारले प्रक्षेपण गरेको छ। बैंक अफ थाइल्याण्डले यस महिनाको सुरुमा ६० लाखको अनुमान गरेको भन्दा ५५% बढी हो।

राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्ले ७० अनुमान गरेको थियो। कोरोना महामारी पूर्व सन् १०१९ मा ४ करोड पर्यटन थाइल्याण्ड घुम्न आएका थिए।

- एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-07-16 09:49:00

प्रतिकृया दिनुहोस्