श्रीलंका र नेपालका राजपाक्षेहरू

नागरिक दैनिक

रमेशनाथ पाण्डे

उन्नाइसौँ शताब्दी युरोपको र बीसौँ शताब्दी अमेरिकी प्रभुत्वमा थियो। एक्काइसौँ शताब्दी एसियाको हुँदैछ। विश्वको आर्थिक समुन्नतिको भविष्य एसिया बन्दैछ। स्वीकार गर्नैपर्ने बाध्यता भए पनि शक्तिशाली युरोप र अमेरिकाका लागि यो सहनीय कुरा हुँदैन।

यसैले एक्काइसौँ शताब्दीको इतिहास लेख्ने अवसर पाएको एसियाका लागि धारिलो चुनौती र जोखिम सँगसँगै आएको छ। सामरिक भूस्थापन भएका अथवा शासन र कूटनीतिमा स्वच्छन्द भएर उछलकुद गर्ने बानी लागेका शासकहरूद्वारा शासित देशहरूका लागि त विपत्ति मौका पर्खेर नै बसेको छ।

युक्रेनमा रुस र नेटोबीच सुरु भएको भिडन्तले समकालीन भूराजनीतिको सन्दर्भमा ल्याएको आधारभूत परिवर्तन तथा विश्व सम्बन्धमा सुरु गरेको समायोजन र पुनरसमायोजन प्रक्रियालाई बेवास्ता गर्दै स्वच्छन्द कूटनीतिको प्रयोग गर्दा पाकिस्तानका निर्वाचित प्रधानमन्त्री इमरान खानले एक्कासि फेरिएको राजनीतिक मौसममा निथ्रुक्क भिजेर अपदस्थ हुनुपर्‍यो।

प्रकाशित मिति: : 2022-07-19 16:40:00

प्रतिकृया दिनुहोस्