महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा

Photo - REUTERS
Photo - REUTERS

शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेकाे छ।

इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन्।

फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो।

खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन्।

यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ।

अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्ने छ। अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ।

प्रकाशित मिति: : 2022-07-24 07:47:00

प्रतिकृया दिनुहोस्