मेयर बालेन शाहले दुई कराेड बजेट विनियाेजन गरेकाे ई–स्पाेर्टस् गेमिङ के हाे ?

photo :nepal esports
photo :nepal esports

ई–स्पाेर्टस् गेमिङ शब्द नेपालीहरुको लागि बिलकुलै नयाँ हो। धेरैजसो मानिसमा ई–स्पाेर्टस् गेमिङ कस्तो खालको गेम (खेल) हो र यो गेम कसरी खेलिन्छ भन्ने कुराको जिज्ञासा जागिरहेको छ।

यो कुराको माहाल त त्यतिबेला तात्यो जतिबेला काठमाडौँका मेयर बालेन शाहले ई–स्पाेर्टस् गेमिङका लागि २ करोड बजेट विनियाेजन गरे। उनले ई– स्पाेर्टसकाे लागि बजेट छुटाएपछि धेरै टिकाटिप्पणी आएका थिए तर मेयर बालनेले ई–स्पाेर्टको लागि नभएर फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’को लागि १ करोड छुट्याएकाे सार्वजनिक भएकाे थियाे।

त्यसपछि नेपाली युवा–युवतीले भने ई–स्पाेर्टस् गेमिङमा धेरै नै चासोको विषय बन्दै गएकाे छ। महानगरले २ करोड बजेट छुट्याएकाे उक्त गेममा त्यस्तो के छ ?

के हो ई–स्पाेर्टस् गेमिङ ?

ई– स्पाेर्टस् गेमिङ भनेको इलेक्ट्रोनिक गेम हो। सो गेमलाई भिडियोमार्फत् खेलिने गरिन्छ। याे एक इ-सपोर्ट इनडोर गेम हो। नेपालमा आजभन्दा ६ वर्षअघि अर्थात् सन २०१६ मा ई- सपोर्ट एसाेसिएसन नेपाल स्थापना भएको थियो।

ई– सपोर्टमा पनि अन्य खेलको जस्तो प्रतिस्पर्धा हुन्छ। हाल १३औँ विश्व ई– सपोर्ट च्याम्पियन भइसकेको छ भने अब हुने १४औँ ई–सपोर्ट च्याम्पियनसीप इन्डोनेसियामा हुँदैछ। नेपालमा उक्त गेमको महत्व त्यति नभए पनि अन्य मुलुकहरुमा यो एउटा प्राेफेसनकाे रूपमा रुपमा खेल्ने गरिन्छ।

तर, नेपालमा हालसम्म ई– स्पाेपर्टसको ५ वटा गेममा छनोट हुन सफल भइसकेको छ। यो गेम पनि अन्य खेलजस्तै खेलिन्छ, जस्तै: फुटबलको एउटा टिम हुन्छ सो टिमले अर्काे टिमसँग प्रतिस्पर्धा गर्छन्।

त्यसरी नै ई– स्पाेर्टस् गेमिङमा पनि टिम हुने गर्छ, जसले एकअर्कासँग प्रतिस्पर्धा गर्न छन्। उक्त गेम पब्जी, फ्रिफाइरजस्ता इलेक्ट्रोनिक गमेका रुपमा खेलिन्छ। एसियन ओलम्पिक गेमले भने ई– सपोर्ट गेमलाई यही वर्ष चीनमा हुने ओलम्पिकमा प्रवेश गराएकाे छ।

किन महत्वपूर्ण छ ई–स्पाेर्टस् गेमिङ ?

याे एक प्रकारकाे महत्वपूर्ण गेमिङ हो। नेपालमा सो खेलको तत्काल महत्व नभएता पनि यसले राम्राे भूमिका निर्वाह गरिरहेकाे छ। नेपाली पब्जी टोली दक्षिणा एसिया मुलुकहरुमा सर्वस्थानमा रहँदै आइरहेकाे छ। ई– स्पाेर्टस् गेमिङ खेल्नका लागि तेज दिमाग चाहिन्छ।

कोही मानिसहरु इलेक्ट्रोनिक गेमका लागि एकदमै सकारात्कम हुन्छन् यस्ता मानिसहरुको लागि ई– स्पाेर्टस् गेमिङ एकदमै आवश्यक हन्छ। हाम्रो छिमिकी मुलुक भारतले पनि सो गेमिङलाई एउटा प्रोफेसनको रुपमा लिइसकेको छ।

महानगरले छुट्याएकाे २ कराेड ई– स्पाेर्टस् गेमिङका लागि हाे ?

काठमाडौँ महानगरपालिकाले ई– स्पाेर्टस् गेमिङका लागि २ करोड बजेट छुटाइसकेको छ।

यसअघि पब्जी नेपाली टिम एसियाली मुलकमा पहिलाे  नम्बरमा पर्न सफल भइसकेकाे छ। महानगरले ई– स्पाेर्टस् गेमिङ खेलाडीलाई थप हौसला प्रदान गर्नको लागि उक्त बजेट छुटाएको हो। मेयर बालने शाहले ई– स्पाेर्ट गेमिङ निकै नै आवश्यक रहेको र सो गेमका लागि महानगरबाट थप सहयोग मिल्ने जानकारी दिएका छन्।

 

प्रकाशित मिति: : 2022-07-27 17:27:00

प्रतिकृया दिनुहोस्