६ महानगरका मेयर, उपमेयरसहित सुरु भयाे मेयर सम्मेलन

पाेखरामा मेयर सम्मेलन सुरु भएकाे छ।६ महानगरका प्रमुख, उपप्रमुखसहित मेयर भेला सुरु भएकाे हाे। शुक्रबार मेयर सम्मेलनमा भाग लिन ६ वटै महानगरका प्रमखु, उपप्रमुखहरु पाेखरा आई पुगेका हुन्।

मेयर सम्मेलनमा भाग लिन पाेखरा आएका महानगर प्रमुख, उपप्रमुख सहित उच्च ओहाेदाका कर्मचारी साथै विज्ञलाई स्वागत गर्दै पाेखरा महानगरका मेयर धनराज आचार्यले हरेक वर्ष एकचोटि बजेटको ठिक अघि या पछि छलफल गर्ने फोरम बनाएकाे बताए।'नेपाल सरकारसँग प्रदेश सरकारसँग छलफल गर्न सजिलो हुन्छ । एकआपसमा सञ्चार गर्न सजिलो हुन्छ भनेर हामीले सम्मेलन सुरु गरेका हौं । तत्कालका लागि मेयर उप मेयर र प्रशासकीय अधिकृत सहित १८ जना सहभागी छौं।

सहजिकरणका लागि केही विज्ञहरुलाई पनि आमन्त्रण गरेका छौं,' उनले भने ।   पहिलो सेसन संघीयता र संघीयतासम्बन्धित रहेर छलफल हुने छ । संघीयता कसरी हामीले प्राक्टिस गरिरहेका छौं । के के समस्या छन् ? हामीले यसलाई गर्नुपर्ने के हो ? भन्ने सन्दर्भमा हामी छलफलमा जुट्ने उनले सुनाए । छलफलमा ५ जना विज्ञको टोली र १८ जना प्रमुख उपप्रमुख सहित प्रशासकिय अधिकृत रहनेछन् । विज्ञहरुले सेसन सञ्चालनका लागि सहजीकरण गरिदिने उनले बताए।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले भरतपुर र ललितपुर बाहेक अन्य महानगरका मेयर नयाँ भएकाले अनुभव आदानप्रदानमा सहयोगी हुने विश्वास लिए । 'यो नेपालको सन्दर्भमा पहिलो मेट्रो कन्फरेन्स हो । नयाँ मेयर सापले अनुभव सेयरिङ गर्ने भन्ने छ । यो भनि रहँदा यहाँबाट यही नै भन्ने एक्सपेक्ट गरेका छैनौं,' उनले भने, 'आफूले धेरै सिक्न बाँकी छ ।

' भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेयर सम्मेलनले महानगरको कार्य सम्पादनमा अझैं निखारता ल्याउन सहयोग पुर्‍याउने विश्वास लिएको बताइन् । पोखराको मेयर सम्मेलन सकिई सकेपछि दिगो हिसाबले छलफल गर्ने संयन्त्र बन्ने उनले विश्वास लिने ।'यसले निरन्तर भेटघाट र छलफल हुने क्रम निरन्तर बनाउँछ भन्ने विश्वास लिएको छु,' उनले भनिन् ।

प्रकाशित मिति: : 2022-07-29 17:21:00

प्रतिकृया दिनुहोस्