सुरी क्रुजकाे नयाँ गीत सार्वजनिक

Photo: hindisip via agency
Photo: hindisip via agency

हालै रिलिज सिनेमा ‘एलन टुगेदर’मा हलिउड अभिनेता टम क्रुज र अभिनेत्री केटी होम्स कि छोरी सुरी क्रुजको स्वरमा एउटा गीत सार्वजनिक भएकाे छ।

टम क्रुजको यो वर्ष रिलिज भएको सिनेमा ‘टप गन मेभेरिक’मा पनि सानो भूमिकामा अभिनय गरेकी सुरी क्रुजको जन्म १८ अप्रिल २००६ मा भएको थियो। सुरी टम र केटीको एकमात्र सन्तान हुन्।

टम र केटीको सम्बन्धबिच्छेद भएपछि हाल सुरी आफ्नी आमासँग बस्छिन्। सुरीको यो पहिलो (डेब्यु) गीतलाई केटीले नै लेखेकी, सङ्गीत भरेकी र अभिनय पनि गरेकी छिन। ‘एलन टुगेदर’मा केटीको साथ् अभिनेता जीम स्ट्ग्रेसले पनि अभिनय गरेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2022-08-01 18:10:00

प्रतिकृया दिनुहोस्