साफ यु– २० च्याम्पिनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

फाइल तस्विर
फाइल तस्विर

साफ यू– २० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज (मंगलबार) लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

यसअघि तीन खेल खेलेकाे नेपालले दुई खेलमा जित र एक खेलमा हार व्यहाेरेकाे छ।

प्रकाशित मिति: : 2022-08-02 08:30:00

प्रतिकृया दिनुहोस्