नेपालले केन्यासँग टी– २० र एकदिवसीय शृंखला खेल्ने

file photo
file photo

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी- २० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ। 

केन्यामा हुने शृंखला २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुनेछ।  क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले सुरुवातमा टी- २० शृंखला खेल्नेछ। 

जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ। क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो। 

 

प्रकाशित मिति: : 2022-08-09 21:10:00

प्रतिकृया दिनुहोस्