पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग हुने पाँच टी-२० र तीन एकदिवसीय अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा गरेको छ।
१६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ। टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्नेछन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन्।
केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ। क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ।
जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ। क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो।