चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएकाे छ। टिजर बुढा सुब्बा डिजिटलकाे युट्युबाटमार्फत् सोमबार सार्वजनिक भएकाे हाे।
फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ रहेका छन्। दीपक मनाङ्गे, अमला देवी राई र जयास श्रेष्ठको लगानी रहेको उक्त चलचित्रको निर्देशन र लेखन भने दीपेन्द्र लामाले गरेका छन्।
आगामी असोज २१ गते प्रदर्शन हुने यस चलचित्रमा मानवीय अन्तरद्वन्द्व र रोमान्सको मिश्रण कथालाई समेटिएको छ।
यो फिल्म उगेन छोदेनको पहिलो नेपाली चलचित्र हो।