केरेला लिगमा सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित

नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले केरेला महिला लिग २०२२ मा केरेला युनाइटेट एफसीलाई ११–० ले पराजित गरेको छ।

बुधबार उद्घाटन खेलमा सावित्राले एक्लै पाँच गोल गरिन्। यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक गोल गरे। 

पहिलो खेलमा पाँच गोल र दुई असिस्ट गरेकी सावित्रा प्लेयर अफ दी म्याच घोषित भइन्। सावित्राले खेलको ३, ९, २७, ३५ र ५७ औं मिनेटमा गोल गरेकी थिइन्। उनी ६०औं मिनेटमा मैदान बाहिर भइन्। 

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ। सावित्रासँगै नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य दीपा न्यौपानेले केरेला लिग खेल्नेछिन्। डन बस्को फुटबल एकेडेमीमा अनुबन्ध दीपा आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। 

प्रकाशित मिति: : 2022-08-10 19:40:00

प्रतिकृया दिनुहोस्