कलाकारलाई सम्मान गर्दै प्रचण्डले भने: कला मेरो चासोको विषय हो

ममता आचार्य

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६५ वटा विधाका कलाकारहरुलाई अवार्ड वितरण गरेका छन्। 

काठमाडौँ कमलपोखरीस्थित ‘रसियन हाउस’ मा सोमबार आयोजना भएको देस्रो ‘नेशनलल इन्टरटेन्मेन्ट अवार्ड’ मा उनले कलाकारहरुलाई अवार्ड वितरण गर्दै सम्मान गरेका हुन्।

प्रमुख अतिथीका रुपमा कार्यक्रममा सहभागिता जनाउँदै उनले स्रष्टा र कलाकारहरुलाई उतप्रेरित गर्ने उद्देश्यको साथ कार्यक्रम आयोजना भएको बताए। 

कार्यक्रममा सम्मान भएका कलाकारहरुलाई बधाई दिँदै उनले भने, 'अगामी दिनहरुमा पनि सबै जनालाई सफलता मिलोस्।' 

आत्मिक चेतनाको विकास मानिसहरुको जीवन सरल बनाउनका लागि संस्कृति  र कलाको निकै ठूलो भूमिका रहेको उनले बताए।

'कलाले जीवन जीउन उत्प्रेरित गर्छ' उनले भने,  'म राजनीतिमा सक्रिय भएतापनि कलकारिता मेरो चासो विषय हो।' 

प्रकाशित मिति: : 2022-08-15 20:27:00

प्रतिकृया दिनुहोस्