सन्दीप बिग बासमा बिकेनन्

File Photo
File Photo

नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन्।

अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन्। बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन्।

यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए। तर, दुवै विक्री हुन सकेनन्।

सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए। पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए।

सन्दीपको कप्तानीमा रहेको नेपाली टिम हाल पाँच टी-२० र तीन एकदिवसीय खेलको लागि केन्या भ्रमणका रहेका छन्।

प्रकाशित मिति: : 2022-08-28 17:20:00

प्रतिकृया दिनुहोस्