नेपालको टी २० वरीयता खस्कियो

File photo
File photo

नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ। आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो। 

यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ। वरीयता खस्किएसंगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर बनेको छ। यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन्।

हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ। नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ। शृंखलामा नेपाल २–१ ले अघि छ।

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ। 

प्रकाशित मिति: : 2022-08-29 15:33:00

प्रतिकृया दिनुहोस्