आज पल शाहविरुद्ध मुद्दाको पेसी

File photo
File photo

नाबालिका बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ। उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ।

अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ। मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ।

दुवै अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ। सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन्।

गत ११ फागुनमा नावालिकमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुछ उजुरी पर्याे। यसको ४ दिनपछि १५ फागुनमा अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।
 

प्रकाशित मिति: : 2022-08-30 13:08:00

प्रतिकृया दिनुहोस्