एक्लोपनको साथी

सेतोपाटी

रचना वयलकोटी

ओइ सुन् न, आज जाउँ न कतै फ्रेस हुन। कस्तो टेन्सन भइराछ,' मैले सफलतालाई फोन गरेर भनेँ।

'कता जानु र? नजानी क्या,' उसले जवाफ फर्काई।

'ह्या हिँड न कतै बसेर गफ गरौँ, मन हलुंगो हुन्छ कि,' मैले मनको पीर बिसाउने आशमा भनेँ।

'मलाई त कतै जाने मन छैन, पछि जाउँला कतै घुम्न,' उसको निराशपूर्ण जवाफ पाएँ।

मैले पनि कहर गर्न उचित ठानिनँ। 'ए ल त्यसो भए' भनेँ।

'ल पछि जाउँला कतै रमाइलो गर्न,' भन्दै उसले फोन काटी।

प्रकाशित मिति: : 2022-09-03 08:21:00

प्रतिकृया दिनुहोस्