गुरु बराल प्रदेशमा सिफारिस, एमालेले मुख्यमन्त्रीमा अघि सार्ने सम्भावना

नेकपा एमालेले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको रुपमा एमालेका पुराना नेता तथा स्थायी समिति सदस्य गुरु बराललाई सार्ने सम्भावना बढेको छ।

नेकपा एमाले मोरङ ६ को प्रदेश निर्वाचन (क) बाट गुरु बरालको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएपछि उनलाई मुख्यमन्त्रीको दावेदारीको रुपमा अगाडी बढाइएको आकलन गरिएको छ। शनिबार मोरङका सबै प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवार सिफारिस गर्ने कार्यक्रम अन्तरगत उनको नाम सिफारिस गरिएको हो।

बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिपाmरिस गरिएको छ। मोरङ ६ (क) बाट बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ। २०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले जितेको थियो।

यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आर्चायले गठबन्धनबाट उम्मेदवारी दिने तयारी गरेका छन्। अघिल्लो चुनावमा आचार्य नेपाली कांग्रेसका चुमनारायण तावदारसँग पराजित भएका थिए। नेकपा एमालेमा यसअघिको निर्वाचनमा भोजपुरबाट शेरधन राई र सुनसरीबाट भीम आचार्य मुख्यमन्त्री दाबेदार भएर प्रदेशसभामा चुनाव लडेका थिए। 

उनीहरु दुवै जना मुख्यमन्त्रीसमेत भए। यसपटको निर्वाचनमा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्रीको दावी गर्दै झापाबाट उम्मेदवारी दिने तयारी गरेका छन्।

यसअघि प्रदेशमा निर्वाचित भई कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्माहेका थिए। नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले आफ्नो नाम प्रदेशसभामा सिफारिस भए पनि यो विषयमा पार्टीभित्र छलफल हुने बताए। यस्तै प्रदेश (ख) बाट नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ ।

यस्तै सो निर्वाचन क्षेत्रबाट समानुपातिकातर्फ सरस्वती खरेल, मदनकिशोर कामत, बिक्रम लुइटेल, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दलीको नाम सिफारिस भएको छ। नेकपा एमालेले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको रुपमा एमालेका पुराना नेता तथा स्थायी समिति सदस्य गुरु बराललाई सार्ने सम्भावना बढेको छ।

नेकपा एमाले मोरङ ६ को प्रदेश निर्वाचन (क) बाट गुरु बरालको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएपछि उनलाई मुख्यमन्त्रीको दावेदारीको रुपमा अगाडी बढाइएको आकलन गरिएको छ। शनिबार मोरङका सबै प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवार सिफारिस गर्ने कार्यक्रम अन्तरगत उनको नाम सिफारिस गरिएको हो।

बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिपाmरिस गरिएको छ। मोरङ ६ (क) बाट बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले जितेको थियो । यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आर्चायले गठबन्धनबाट उम्मेदवारी दिने तयारी गरेका छन्। 

अघिल्लो चुनावमा आचार्य नेपाली कांग्रेसका चुमनारायण तावदारसँग पराजित भएका थिए। नेकपा एमालेमा यसअघिको निर्वाचनमा भोजपुरबाट शेरधन राई र सुनसरीबाट भीम आचार्य मुख्यमन्त्री दाबेदार भएर प्रदेशसभामा चुनाव लडेका थिए। उनीहरु दुवै जना मुख्यमन्त्रीसमेत भए।यसपटको निर्वाचनमा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्रीको दावी गर्दै झापाबाट उम्मेदवारी दिने तयारी गरेका छन्।

यसअघि प्रदेशमा निर्वाचित भई कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्माहेका थिए। नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले आफ्नो नाम प्रदेशसभामा सिफारिस भए पनि यो विषयमा पार्टीभित्र छलफल हुने बताए। यस्तै प्रदेश (ख) बाट नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ।

 यस्तै सो निर्वाचन क्षेत्रबाट समानुपातिकातर्फ सरस्वती खरेल, मदनकिशोर कामत, बिक्रम लुइटेल, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दलीको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: : 2022-09-03 16:53:00

प्रतिकृया दिनुहोस्