ग्रिनल्यान्ड र किङडम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन्।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो। ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे। साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो।
सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन्। भ्याली पब्लिकले पृथ्वीमाथि २१–६ को सहज जित दर्ता गर्यो। भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन्। एचएचसीएले ग्रिनल्यान्डलाई १९–१० ले पन्छायो। एचएचसीएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल बुधबार हुनेछ।