गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्ः फैसला दुर्भाग्यपूर्ण

File photo
File photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ। चलखेल, दवाव र ‘सटिङ’ ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए।

‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो? यसको जवाफ यहाँहरूले दिनुपर्छ। ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तर्आत्मालाई जीवनभर पोलिरहने छ, उनले भने।

कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ? भन्दै उनले प्रश्न गरेका छन्। यसका साथै उनले अदालतको फैसला भने मान्य बताएका छन्।

प्रकाशित मिति: : 2022-09-06 20:36:00

प्रतिकृया दिनुहोस्