साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ।
आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरे। सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे।
पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ। नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ।