नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु

File photo
File photo

नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो।

सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-09-07 17:41:00

प्रतिकृया दिनुहोस्