भलिबल संघको अध्यक्षमा चन्द निर्वाचन 

नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन्। विहिबार विहान आएको नतिजासंगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन। निर्वाचनमा चन्द समूहनै विजयी भयो।

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए। यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो।

यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाए।

प्रकाशित मिति: : 2022-09-08 07:13:00

प्रतिकृया दिनुहोस्