सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ।

नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो। 

क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो। 

प्रकाशित मिति: : 2022-09-08 15:43:00

प्रतिकृया दिनुहोस्