सोचअनुसार रोग !

अन्नपूर्ण पोष्ट

डा. ललितकुमार मिश्र

नकारात्मक सोचको कारणले पनि रोग लागिरहेको हुन्छ। तपाईंको शरीरमा कुनै रोग छैन तर तपाईंको मन बिरामी हुन सक्छ।

रोगी भएर बाँच्न कोही पनि चाहँदैन। तर, स्वस्थ्य रहन धैरै कुराको ख्याल गर्न जरुरी हुन्छ। नियमित व्यायाम, पोषणयुक्त खानालगायत विभिन्न कार्य गर्दा पनि हामी स्वस्थ्य रहेको दाबा गर्न सक्दैनौं। स्वस्थ्य रहन मनमस्तिष्क पनि शरीरसँग सम्बन्धित हुन्छ। जुन आधुनिक चिकित्सा विज्ञानले पनि प्रमाणित गरिसकेको छ। तपाईंको नकारात्मक सोचको कारणले पनि रोग लागिरहेको हुन्छ। तपाईंको शरीरमा कुनै रोग छैन तर तपाईंको मन बिरामी हुन सक्छ। जसले गर्दा तन बिरामी भइरहेको हुन्छ।

स्वास्थ्यका सम्बन्धमा भने आमधारणा फरक छ। मन (माइन्ड) अस्वस्थ्य छ भने त्यसको शरीरसँग कुनै लिनुदिनु छैन। मनले शरीरलाई कुनै प्रकारको असर गर्दैन। मन र शरीर फरक कुरा हुन्। शरीर तन्दुरुस्त छ भने मन आफैं ठीक हुन्छ

प्रकाशित मिति: : 2022-09-11 06:16:00

प्रतिकृया दिनुहोस्