स्पेनिस ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो

File photo
File photo

घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो।

बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ।

फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए।

यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे। पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो। खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो।

अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले हरायो।

प्रकाशित मिति: : 2022-09-11 08:32:00

प्रतिकृया दिनुहोस्