मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेदावर सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छिन्र।
चुनावी अभियान अन्तरगत आज सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन। उनले के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएकी छिन्।
रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवार बनेर आउने भनेपछी महिला दिदी बहिनिहरु भावुक भएका थिए।
उनले नेता भनेको शासक हैन सेबक हुनु पर्ने बताईन। रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिला दिदिबहिनिहरुले अङ्गालोहालेर उम्मेदवारी प्रती खुशी साटासाट गरेका थिए।
उम्मेदावर सिफारिस भएपछि उनी क्षेत्र नं. ३ का मतदाता भेटन समस्या बुझ्न घामपानी झरी नभनी व्यस्त छिन्।
कानेपोखरी गाउँपालिका को वडा नम्बर ४,५,६,७ मा आज रेखाको व्यापक घर दैलो कार्यक्रम रहेको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए।
उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासङ्ग मतदाताहरु आसाबादी रहेको न्यौपानेले बताए।