‘लेनिल पिक’ मा युवा संघको तारा अंकित झण्डा

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको तारा अंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ।

दोलखा जिरीका हिमाल आरोही लालबहादुर जिरेलले युवा संघको तारा अंकित झण्डा लेनिल पिकमा फहराएका हुन्।

करिब एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई आरोहण सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गरेका थिए।

सर्वोच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका जिरेल ‘लेनिन पिक’ चढ्न युवा संघको झण्डासहित किर्गिस्तान पुगेका थिए।

उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराएका उनलाई युवा संघका अध्यक्ष नरेश शाहीले आरोहण सफलताको शुभकामनासहित नेपालको पहिचान विश्वमाझ पुर्याउन गरेको प्रयासको प्रशंसा व्यक्त गरे।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रशिद्ध हिमाल आरोही हुन्। स्थानीय निर्वाचन–२०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेदवारसमेत रहेका जिरेल यसअघि पनि २ पटक सर्वोच्च शिखर सगरमाथमा आरोहण गरिसकेका छन्।

उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकु लगाएत २६ बढी हिमाल रोहण गरीसकेका छन्। उनले नेपाल बाहेक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन्।

प्रकाशित मिति: : 2022-09-12 16:02:00

प्रतिकृया दिनुहोस्