श्रीलंकाविरुद्ध रश्मी र रेखालाई मौका

File photo
File photo

साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ मा  दुई खेलाडी परिवर्तन गरिएको छ।

नेपालका मुख्य प्रशिक्षक कुमार थापाले श्रीलंकाविरुद्ध अघिल्लो भुटानविरुद्धवको खेलका दुई खेलाडी परिवर्तन गरेका हुन्।

यसअघि टिममा रहेकी सावित्रा भन्डारी र अमिषा कार्कीको स्थानमा श्रीलंकाविरुद्ध रश्मी घिसिङ र रेखा पौडेल पहिलो रोजाईमा मौका पाएका छन्। सावित्रा डेंगु संक्रमणका कारण खेलमा अनुपस्थित हुने भएकी हुन्। यस्तै, मन्जली कुमारी योन्जनसमेत खेलमा उपलब्ध हुने छैनन्।

नेपाली टिमः
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, रेखा पौडेल, रश्मी घिसिङ 

प्रकाशित मिति: : 2022-09-12 17:38:00

प्रतिकृया दिनुहोस्