जङ्गलसँग छुटाइएका दलित

हिमाल खबर

सुनीलकुमार परियार

दैलेखको गैंडाबास-४ का ४० परिवार दलितको सामुुदायिक वनका कारण उठिबास लाग्दै छ। तिनैमध्येका हुन्, ३९ वर्षीय जयबहादुुर सुुनार।

उनका पुर्खा त्यहाँ ७० वर्षअघि आएर बसोबास थालेका थिए। दलित समुदायको निजी जग्गा काटेर २०५२ सालतिर बनाइएको साना पातल कटुसेनी सामुदायिक वनमा उनीहरूकै अधिकार छैन। चिहानडाँडा भनिने चट्टानी जमीनलाई दलितहरू मिलेर बस्न योग्य बनाएका थिए।

जयबहादुरका अनुसार, गाउँका टाठाबाठाले अस्पतालका लागि भन्दै उनका पितासँग १३ रोपनी जमीन मागे। बदलामा सम्मानपत्र दिने नत्र उठिबास लगाइदिने डर देखाए। तर, नापी गर्दा भित्रभित्रै घर बाहेक २७ रोपनी अस्पताल र बाँकी जग्गा वनका नाममा गरिएको उनलाई हेक्कै भएन।

बुबा अनपढ भएकाले स्थानीय सोमप्रसाद आचार्यले झुक्याएर निजी जग्गा सामुदायिक वनमा हालिदिएको जयबहादुरको आरोप छ।
 

प्रकाशित मिति: : 2022-09-13 08:25:00

प्रतिकृया दिनुहोस्