अझै जुटेन सिट बाँटफाँटमा सहमति, अब समानुपातिकतिर

सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन्।

सहमति जुटाउन नसकेपछि अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ।

प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो।
 

प्रकाशित मिति: : 2022-09-13 21:06:00

प्रतिकृया दिनुहोस्