रियल मड्रिडको लगातार दोस्रो जित

Photo - Bing.com
Photo - Bing.com

आरबी लाइपजिगलाई २(० ले पराजित गर्दै स्पेनिस क्लब रियल  युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ। 

जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।  खेलको ८०औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे। 

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले। 

जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ। एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा  रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन।

प्रकाशित मिति: : 2022-09-15 08:17:00

प्रतिकृया दिनुहोस्