नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ।
बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो।
१६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ।
अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ। देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ।