पाँच पटकको साफ विजेता भारतलाई हराउदैँ नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले पाँच पटकको विजेता भारतलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो।
पहिलो हाफको इन्जुरी समयमा नेपालको खेलाडी प्रति राईको क्रस वललाई रश्मिकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिईन्। दोस्रो हाफ भारतले केहि दवावमुलुक खेले पनि नेपालले आफ्नो धैर्यता गुमाएन।
अब फाइनलमा नेपालको भिडन्त बंगलादेशसँग सेप्टेम्बर १९ मा भिड्नेछ। साफ प्रतियोगिताको इतिहासमा नेपालको यो पाँचौं फाइनल खेल हो भने बंगलादेशको दोस्रो फाइनल हो।
साफ महिला च्याम्पियनसिपको इतिहासमा भारतविरुद्ध नेपालको यो पहिलो जित हो। यसअघि नेपाल चार पटक फाईनलमा पुगेर उपाधि जित्न असफल भएका थिए। फाईनल खेल सोमबार असोज ३ गते, सोमबारको साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ।