संविधान दिवसमा को–को खेलाडीले पाए पदवी? 

संविधान दिवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज केही खेलाडीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। 

घोषणा आज गरिए पनि खेलाडीलाई ती मानपदवी, अलङ्कार र पदक भने २०८० वैशाख १ गते राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच प्रदान गरिने छ। 

राष्ट्रपति भण्डारीले आज घोषणा गरेअनुसार तेकवान्दो खेलाडी दिपक विष्टलाई प्रबल जनसेवाश्री पाउने छन्। पौडी खेलाडी गौरिका सिंहलाई राष्ट्रदीप दिने घोषणा गरिएको छ। 

खेलकुदकर्मीद्वय निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगत बहादुर खड्का, तोक्वान्दो खेलाडी पलेशा गोवर्धन, फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङ, भलिवल खेलाडी अरुणा शाही, तेक्वान्दो खेलाडी र भजिन्द्र बहादुर क्षेत्रीलाई जनसेवाश्री दिने घोषणा राष्ट्रपतिले गरेकी छन्। 

सुकीर्ति पदकबाट खेलाडीहरु रेणुका श्रेष्ठ, दिपक महर्जन, क्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रंजित तामाङ र क्रिकेटर प्रशान्त मल्ललाई विभूषित गरिनेछ। 

प्रकाशित मिति: : 2022-09-19 15:43:00

प्रतिकृया दिनुहोस्