साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे हुने फाइनल भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ।
यसअघि भारतलाई जितिसकेकाे दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ।
सन् २०१० मा पहिलो पटक नेपाली महिला टिमले बंगलादेशसँग खेलेकाे थियाे। जसमा नेपालले जितेकाे थियाे। नेपाल र बंगलादेशबीच भएकाे ६ खेलमध्ये नेपालले ५ खेल जितेकाे छ भने १ खेल बराबर भएकाे थियाे।