लुम्बिनी प्रदेशस्तरी ब्याडमिन्टनमा पाल्पा प्रथम 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगित २०७९ लुम्बिनी प्रदेशस्तरी ब्याडमिन्टन छनौट प्रतियोगितमा पाल्पा प्रथम भएको छ। 

प्रतियोगितमा पाल्पाका गणेश रायमाझी लुम्बिनी प्रदेश प्रथम दिया शाक्य तेस्रो हुनुका साथै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका हुन्। यस्तै सुष्मा बुढा लुम्बिनी प्रदेश तेस्रो हुन सफल भएको टिम म्यानेजर बसन्त बज्रचार्यले जानकारी दिए। 

राष्ट्रिय खेलकुद छनोट अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितमा पाल्पा प्रथम,बाके दोस्रो र रुपन्देही तेस्रो भएका छन्। 

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पाल्पाले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-19 22:19:00

प्रतिकृया दिनुहोस्