बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, ऋणीलाई तनाव

रातोपाटी

काठमाडौं

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ।

‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो। उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन्। सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन्।

अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए  तर, असोज महिनाका लागि एकाएक बैंकहरुले ब्याजदर वृद्धि गरिदिएपछि बजारमा तरंग नै मच्चिएको छ। नयाँ ऋण लिन चाहनेहरु तर्सिन पुगेका छन् भने पुराना ऋणीहरू उच्च ब्याजदरको चपेटामा परेका छन्।

प्रकाशित मिति: : 2022-09-20 08:26:00

प्रतिकृया दिनुहोस्